एकसाथ तीन प्रोजेक्टमा अनुष्का
मेरोन्यूज
२०७८ पुष १७ गते १२:१७

काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा पुनः अभिनयको दुनियाँमा आउने तयारी गरिरहेकी छन् ।
उनी पछिल्लोपटक आनन्द एल रायको फिल्म ‘जीरो’मा देखिएकी थिइन् । जुन फिल्म फ्लप साबित भएको थियो । यद्यपि अब उनी एकसाथ तीन प्रोजेक्टमा देखिँदैछिन् । जसमा दुई फिल्म हुनेछन् भने एक ओटीटी ।
उनी निकट स्रोतका अनुसार उनी ठूला बजेटका दुई फिल्म र ठूलै बजेटको ओटीटी प्रोजेक्टमा देखिँदैछिन् । यी प्रोजेक्टको घोषणा नयाँ वर्ष २०२२ को सुरुवाती समयमा गरिनेछ । उनका तीनवटा प्रोजेक्टको नाम हालसम्म गोप्य नै राखिएको छ ।
उनको फिल्म ‘जीरो’ फ्लप भए पनि उनी ‘सुल्तान’, ‘पीके’ र ‘सञ्जु’ जस्ता महंगा बजेटको फिल्मको हिस्सा बनिसकेकी छन् । उनी भारतीय क्रिकेटर झूलन गोस्वामीको बायोपिकमा पनि अभिनय गर्ने चर्चा चले पनि उनले यो कुरालाई अस्वीकार गरेकी छन् ।
सम्बन्धित










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया