कारागारमा कैदीबीच झडप हुँदा ३० को मृत्यु, ४२ घाइते
काठमाडौँ । इक्वेडरको एक कारागारमा भएको झडपमा परी मृत्यु हुने कैदीहरूको संख्या कम्तीमा ३० पुगेको छ । बुधबार यहाँका कैदीमध्ये ३० जनाको मृत्यु भएको बताइएको छ ।
यसअघि २४ जनाको मृत्यु भएको र अरु ४२ जना घाइते भएका बताइएको थियो । मंगलबार भएको झडपमा परेर मृत्यु हुनेको संख्या बुधबार ३० पुगेको र घाइतेहरू ५२ जना पुगेको बताइएको छ ।
कारागारमा राखिएका कैदीहरूबीच भएको झडपमा परेर उनीहरु मारिएका हुन् । उनीहरु आफैँबीच भएको झडपका क्रममा धेरै जना घाइते भएका बताइएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार यहाँको समुन्द्री तटीय नगर गाकुइलमा रहेको जेलमा झडप भएको थियो ।
राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच आपसी झगडाका कारण यस्तो झडप हुन पुगेको बताएको छ । इक्वेडरका कारागारमा समयसमयमा यस्तो झडप हुने गरेको छ ।
गएको फेब्रुअरी महिनामा पनि यहाँका तीन कारागारमा झडप भएको थियो । त्यसमा परेर ७९ जनाको ज्यान गएको बताइएको थियो ।













Around 300,000 foreign tourists visit Annapurna area in 2025
Slight rise in gold and silver price
काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र
गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया