एमाले विधानमा व्यापक हेरफेर, उपमहासचिव पद नै हटाउने प्रस्ताव
मेरोन्यूज
२०७८ असोज १५ गते १३:५८

काठमाडौँ । नेकपा एमालेले आफ्नो पार्टीको विधानमा व्यापक हेरफेर गर्ने भएको छ । आजदेखि सुरु भएको विधान महाधिवेशनबाट पार्टीको विधानमा व्यापक हेरफेर गर्ने भएको हो ।
यस विधान महाधिवेशनमा एमालेले उपमहासचिव पद हटाउने भएको छ । यसअघि यस पदमा दुई जना रहने व्यवस्था रहेको थियो ।
यस्तै, उपाध्यक्षको पदमा ३ जनाबाट २ जना थप गरी ५ जना बनाउने भएको छ भने सचिवमा एक जना कम गराएर ६ जना मात्रै रहने छन् ।
यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन मस्यौदामा ३ जना उपाध्यक्ष र ७ जना सचिव रहने व्यवस्था रहेको थियो ।
नयाँ प्रस्तावका अनुसार अध्यक्ष –१, उपाध्यक्ष –५, महासचिव –१, सचिव –६ र सदस्य २१२ समेत गरी कूल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने भएका छन् ।
साथै प्रदेश कमिटीका अध्यक्षहरुलाई केन्द्रीय कमिटीको पदेन सदस्य रहनेसमेत विधान संशोधन प्रस्ताव गरिएको छ ।
यो पनि
सम्बन्धित















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया