दक्षिण अफ्रिकाका अन्तिम गोरा राष्ट्रपतिको निधन
मेरोन्यूज
२०७८ कार्तिक २५ गते २०:१५

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति फ्रेडरिक विलेम डे क्लर्कको निधन भएको छ ।
क्लर्कको ८५ वर्षको उमेरमा विहीबार निधन भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
दक्षिण अफ्रिकाका अन्तिम गोरा राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गरेका थिए ।
क्यान्सरग्रस्त पूर्वराष्ट्रपति क्लर्कको विहीबार बिहान फ्रेस्नेस्थित आफ्नै निवासमा निधन भएको उनको नाममा स्थापित कोषले जनाएको छ ।
क्लर्ककी पत्नी एलिटा, एक छोरा, एक छोरी र नातिनातिनाहरू छन् ।
सम्बन्धित
प्रतिक्रिया