नगिनाको त्यो बैश अनि याे अवस्था (भिडियोसहित)
‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार, झल्किन्छ है फूल वस्तु अनुसार, काँडाकाे आँखामा काडैँ संसार ।’
गायिका आनि छोइङ डोल्माको यो गीत गुनगुनाउँदै गरेकी २३ वर्षीया नगिना धामीलाई देख्दा लाग्छ- उनि भविष्यमा पक्कै पनि गायिका बन्न सक्छिन् । तर त्यही आशाकोबीचमा आउँछन्, विभिन्न चुनौतीका प्रश्नहरु । कारण हो उनको अपाङ्गता ।
सुनसरी जिल्लाको रजाजु गाउँमा एक निम्न वर्गीय परिवारमा २०५६ सालमा जन्मिएकी नगिना धामी यतिवेला काठमाडौंको कालोपुलस्थित नेपाल अपाङ्ग संघमा जीवन गुजारिरहेकी छिन् । अहिले उनी त्यही बसेर कक्षा १० मा अध्ययन पनि गर्छिन् ।
उनी जन्मजात अपाङ्ग होइनन्, १२ वर्षको उमेरमा उनमा छालाको अज्ञात रोग देखा प¥यो । त्यसपछि उनको जीवनमा अँधेरीले छोप्यो । औषधीमूलोले उनको छालाको रोगमा काम गरेन । विस्तारै उनको रुपरंग नै फेरिन थाल्यो।
हेर्नुहोस्, नगिनाकाे अहिलेकाे तस्वीर र पहिलेकाे तस्वीर

समाजले मात्र होइन, आफनै परिवारले समेत उनलाई हेयको दृष्टिले हेर्न थाले । उनी परिवारभित्रै पनि एक्लिन थालिन् । आफ्नै वावुआमा, दुई दाईवाट पनि उनी टाढा भइन् । उनलाई घरमै उनका दाईहरुले तिरस्कृत गर्न थाले । त्यसपछि हो, उनले काठमाडौंको कालोपुलस्थित नेपाल अपाङ्ग संघमा आश्रय लिएको ।
हुन त उपचारका लागि परिवारले उनलाई चिकित्सकहरुकहाँ नलगेको भने होइनन । आयुवेदिक देखि एलोपेथिक दुवै खालको उपचार वाट उनमा देखिएको छालाको रोग निको पार्न सकिन्छ की भनेर परिवारले कोसिस नगरेका होइनन ।
तर उनको रोग वीसमा उन्नाइस हुने लक्षण देखिएन । उनी झन पछि झन गल्दै गइन् । रोग उनमा वल्झिदै गयो । त्यसपछि भने उनलाई आफ्नै परिवार र समाजले पनि हेयका दृष्टिले हेर्न थाले । उनलाई सधै माया गर्ने आफ्नै आफन्त उनका लागि पराई हुन थाले ।
उनको उपचारमा पनि त्यसपछि कसैको सोधीखोजी भएन । उनी सवैका नजरमा एक्लिइन । त्यसपछि उनकै आफन्तले काठमाडौं नारायणटारस्थित नेपाल अपांग संघको कार्यालयमा ल्याएर छोडिदिए । त्यसपछि उनका आफन्त पनि त्यहीका सहयोगी साथीसंगी भएका छन् ।
‘मलाई मेरै घरमा हेयले हरिन थालियो, म आफ्नै दुई दाइहरुवाट तिरस्कृत हुन थाले, समाजले गर्ने ब्यवहार त झन सम्झदा पनि काहालीलाग्दो छ,’’मेरोन्यूजकर्मीसँग उनले आफनो विगत सुनाउँदै भनिन्,-‘आफ्नै भन्नेहरुको पराई भएपछि यता वसेर संर्घष गरिरहेको छु ।’
अहिले परिवारवाट एक्लिएपनि उनीमा आत्मविश्वास बढेको छ । शारीरिक रुपमा जस्तो अवस्थामा रहेपनि आफैलाई तिरस्कृत गर्ने समाज र परिवारलाई उनले केही बनेर देखाउने अठोठ लिएकी छिन् । ‘समाजले मलाई स्विकार्दैन थाहाँ छ, तर प्रकृतिले स्वीकार्छ । समाजले मेरो शरीरलाई स्विकार्न सक्दैन तर मेरो स्वरलाई त स्वीकारर्न सक्ने बनाउने योजनामा छु । गायन क्षेत्रमा अब्बल बन्ने मेरो ध्येय छ ।’
हेर्नुहोस भिडियोमा













मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आज
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया