आजको राशिफलः यी राशि भएका व्यक्तिको दिन उत्तम छ ।

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको १६ गते बुधबार, भाद्र कृष्णपक्षको दशमी तिथि । अब लागौं आजको राशिफलतर्फ ।
मेष
बोलीको प्रभावकारीपनामा बृद्धि हुने छ । पारीवारिक जीवनमा भने केही द्वन्द देखा पर्ने छ । पेशागत जीवन शुभ रहने छ । व्यापार व्यवसायमा संलग्नहरुलाई पनि लाभ मिल्ने छ ।
वृष
बोलीको प्रभाव कम हुने छ, खासगरी रुखोपना र कडापना देखा पर्ने छ । पेशागत क्षेत्र अनुकुल नै रहने छ । सेवा क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहने छ । आम्दानीमा अबरोधहरु आउने छ ।
मिथुन
बोलीको प्रभावकारीतामा कमि आउने छ । निर्णय क्षमतामा कमि आउने छ । भाग्यको साथ रहने छैन् । पेशागत जीवन औसत खालको रहने छ । आतिथ्य सत्कार क्षेत्र अर्थात हस्पिटालिटी क्षेत्रमा संलग्नहरुलाई समय जोखिपूर्ण देखिन्छ ।
कर्कट
आम्दानीमा केही बृद्धि हुने छ । पेशागत जीवन औसत प्रकृतिको हुने छ । शारीरिक कमजोरीले सताउने छ । कमजोर खालको व्यक्तित्व बन्ने छ । दाम्पत्य जीवनमा कटुता देखा पर्न जाने छ ।
सिंह
नरम खालको स्वाभाव हुने छ । निर्णय क्षमतामा कमजोरी देखिने छ । शारीरिक रुपमा समस्याहरु देखा पर्ने छ । बौद्धिक क्षेत्रमा आवद्धहरुको पेशागत उन्नति हुने छ । आम्दानीमा बृद्धि हुने छ ।
कन्या
धेरै जोखिमपूर्ण बिधामा सक्रियहरुले धैर्यतापूर्वक पाइला चाल्नु पर्ने समय छ । पेशागत जीवन औसत खालको रहने छ । साझेदारीमा गरिएका कामहरुका बिबाद देखा पर्ने छ । त्यसैले संयमित भएर पाइला चाल्नु पर्ने देखिन्छ ।
तुला
बोलीको प्रभाव घट्ने हुँदा अनावश्यक बिबाद तथा तिक्तताको वातावरण उत्पन्न हुन पुग्ने छ । पेशागत जीवनमा आफ्ना हाकिमहरुसँग बादबिबादको क्रम देखिने भएकाले संयमित रहनु नै बुद्धिमानी हुने छ । आम्दानीमा रुकावट आउने छ ।
वृश्चिक
मनमा तनाब सृजना हुँदा त्यसको प्रभाव पारीवारिक जीवनमा पर्न जाने छ । आम्दानी सोचे जस्तो हुने छैन् । पेशागत क्षेत्रमा स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरु पनि सकारात्मक रहने छ ।
धनु
पारीवारिक जीवनमा कटुता आउने छ । शरीर कमजोर हुँदा मनोबलको अभाव देखा पर्ने छ । पेशागत क्षेत्र सोचे जस्तो उन्नतितर्फ नगए पनि प्रतिकुल पनि हुने छैन् । प्राविधिक क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
मकर
दृढ खालको व्यक्तित्व हुने छ । मनमा उदासिनताका मात्रा देखिने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । तरल पदार्थको कारोवारमा रहेकाहरुको आर्थिक जीवनमा दबाब उत्पन्न हुने छ । अन्यको हकमा सामानय रहने छ ।
कुम्भ
बौद्धिकस्तर उन्नत भए पनि सोहि अनुसारको जिम्मेबारी भने प्राप्त हुने छैन् । कार्यालयमा कामको सिसिलामा कार्यालयका हाकिमहरुसँग बिबाद आउने भएकाले संयमित रहनु होला । पेशागत जीवनमा अस्थिरताका क्रम देखा पर्ने छ ।
मीन
दुविधात्मक व्यक्तित्व हुने छ । पेशागत जीवनमा उल्झनहरु आउने छ । छविमा दाग लाग्ने समय सक्रिय रहेकाले सतर्क भई अघि बढ्नु होला । भाग्यहिनताका कारण मनमा पनि हिनताबोध लाग्ने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया