पदक लिन सार्वजनिक ठाउँमा देखिएलिन् विष्णु माझी ?

काठमाडौं । सार्वजनिक स्थलमा कहिल्यै देखानपर्ने चर्चित लोकदोहोरी गायिका विष्णु माझीलाई संविधान दिवसको अवसर पारेर सरकारले राष्ट्रिय पदक दिने घोषणा गरेको छ ।
गायिका माझीले ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ पदक प्रदान गरिने भएको छ । वि.सं. २०६७ सालदेखि प्रत्येक वर्ष सरकारले संविधान दिवसका दिन राष्ट्रिय पुरस्कारको घोषणा गर्दै आएको छ । तर हरेक वर्षको पुरस्कार घोषणा भने विवादित हुँदै आएको छ ।
यो वर्ष सरकारले ९ सय ३ जनालाई विभुषण गरेको छ । तर पत्रकार लगायतका विभिन्न क्षेत्रका ब्यक्तिहरुले भने पुरस्कार नलिने घोषणा गरिसकेका छन् ।
यो वर्षको तीजमा सर्वाधिक रुचाइएको चरी जेलैमा’ बोलको गीत गाएर सर्वाधिक चर्चामा आएकी गायिका माझी अभैm पनि सार्वजनिक भएकी छैनन् ।
चरी जेलैमा गीतपछि उनको निकै खोजीसमेत भएको थियो । तर पनि उनी कतै सार्वजनिक भएकी छैनन् । अहिले घोषणा गरिएको विभूषण र पदक वैशाख १ गते विशेष समारोहका साथ राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नेछिन् ।
















कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया