विक्की र कट्रिनाको बिहेमा क–कसलाई निम्तो ?

काठमाडौं । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको बिहेको चर्चा चलेको धेरै भइसक्यो । यी दुई चर्चित जोडीको बिहे यही डिसेम्बरमा हुने खबरले भारतीय मिडियामा विशेष प्राथमिकता पाइरहेको छ ।
दुवै पक्षबाट हालसम्म बिहेबारे कुनै सार्वजनिक घोषणा नआए पनि विभिन्न स्रोतको हवाला दिएर भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।
अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै विक्की र कट्रिनाले आफ्नो बिहेमा थोरै पाहुनालाई मात्र बोलाउने तयारी गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
बिहेको कार्यक्रम भारतको राजस्थानस्थित रोयल प्यालेस ‘सिक्स सेन्सेस फोर्ट बर्बारा’ मा निकै तामझामका साथ गर्ने भएका छन् ।
उनीहरुले आफ्ना नजिकका साथीहरुलाई बिहेको निमन्त्रणा दिइसकेका छन् ।
आफ्नो विशेष दिनमा यो जोडीले सलमान खान, आलिया भट्ट, करण जोहर र बोस्को मार्टिस लगायत चर्चित कलाकारलाई बोलाइसकेको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यामरुले जनाएका छन् ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया