कठपुतलीलाई दर्शकको साथ

काठमाडौं । देशभर एक साथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’ले दर्शकहरुलाई हाल सम्म तानेको छ ।
शुक्रबारबाट ब्यावसायिक प्रदर्शनमा आएको चलचित्रले काठमाडौंका क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज लगायतका हलमा हाउसफुल व्यापार गरेको छ ।
कोरोनाको कारण सिनेमा हलसम्म आउन नसकेका दर्शक झन्डै दुई वर्षपछि नेपाली चलचित्र हेर्न हलमा पुगेका थिए । चलचित्र प्रदर्शन भएका हलहरुमा दर्शकहरुको भीँड देखिएको छ । यो चलचित्रको कथावस्तुलाई पनि दर्शकले रुचाएका छन् ।
शनिबार चलचित्र हेर्न पुगेको ‘नेपाल आइडल ४’ का प्रतिस्पर्धीहरुले नेपाली चलचित्रको निर्माणको स्तर बढेकोमा खुशी व्यक्त गरेका छन् । उनीहरुले चलचित्रको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति र प्राविधिक पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।
सम्पदा मल्लको लेखनमा तयार भएको यो चलचित्रलाई पृथ्वी रानाले निर्माण गरेका हुन् । चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, धु्रव कोइराला, उषा रजक, शिल्पा मास्के लगायतको अभिनय रहेको छ ।










न्युयोर्कका नवनिर्वाचित मेयर मम्दानीलाई भेट्दै ट्रम्प
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, ताेलामा कति ?
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया