कठपुतलीलाई दर्शकको साथ

काठमाडौं । देशभर एक साथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’ले दर्शकहरुलाई हाल सम्म तानेको छ ।
शुक्रबारबाट ब्यावसायिक प्रदर्शनमा आएको चलचित्रले काठमाडौंका क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज लगायतका हलमा हाउसफुल व्यापार गरेको छ ।
कोरोनाको कारण सिनेमा हलसम्म आउन नसकेका दर्शक झन्डै दुई वर्षपछि नेपाली चलचित्र हेर्न हलमा पुगेका थिए । चलचित्र प्रदर्शन भएका हलहरुमा दर्शकहरुको भीँड देखिएको छ । यो चलचित्रको कथावस्तुलाई पनि दर्शकले रुचाएका छन् ।
शनिबार चलचित्र हेर्न पुगेको ‘नेपाल आइडल ४’ का प्रतिस्पर्धीहरुले नेपाली चलचित्रको निर्माणको स्तर बढेकोमा खुशी व्यक्त गरेका छन् । उनीहरुले चलचित्रको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति र प्राविधिक पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।
सम्पदा मल्लको लेखनमा तयार भएको यो चलचित्रलाई पृथ्वी रानाले निर्माण गरेका हुन् । चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, धु्रव कोइराला, उषा रजक, शिल्पा मास्के लगायतको अभिनय रहेको छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया