गुप्तचर प्रमुखमा खरेल
मुस्कान खातुनलाई ३ लाख आर्थिक सहायता

काठमाडौं । सरकारले गुप्तचर विभागको प्रमुखमा यदुलाल खरेललाई बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो । राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक खरेललाई शुक्रबारबाट लागू हुनेगरि मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय लागूऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका शाखा प्रमुख जिल्ला अधिकारीहरुलाई लागूऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
यस्तै, सरकारले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, प्रहरी नवौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले आर्थिक वृद्धि तथा, उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १० बिलियन, करिव १० अर्ब ३९ करोड रुपैयाँ नीतिगत ऋण सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया