बलिउडकी अर्काे एक जोडीको सम्वन्ध विच्छेद

काठमाडौं । चलचित्र क्षेत्रमा काम गर्नेहरुको जोडी को सम्वन्ध एकपछि र्काे गदै टुटन थालेका छन् । यस्तैमा बलिउडको अर्काे एक जोडीको सम्वन्धमा पनि व्रेकअप भएको छ ।
दक्षिण भारतीय अभिनेता धनुष र उनकी श्रीमति ऐश्वर्या रजनीकान्त वैवाहिक जीवनबाट अलग भएका हुन् । उनीहरुले सोमबार विज्ञप्ती जारी गर्दै आफूहरु अलग्गिएको घोषणा गरेका हुन् ।
यो जोडीले सन् २००४ मा विवाह गरेका थिए । उनीहरुका यात्रा र लिंगा नामका दुई छोरा छन् । उनीहरु निकट स्रोतका अनुसार विवाहको सुरुवाती समयदेखि नै यो जोडीबीच खटपट सुरु भइसकेको थियो ।
धनुष एकपछि अर्को फिल्ममा व्यस्त थिए । उनी फिल्मको सुटिङका लागि अधिकांश समय घरबाहिर रहन्थे । यो कुरा ऐश्वर्यालाई मन परिरहेको थिएन ।
‘धनुष निकै कामकाजी मान्छे हुन् । धनुष कुनै पनि घरायसी काम भन्दा आफ्नो व्यावसायिक कामलाई अगाडि राख्छन् । कैयौं यस्ता उदाहरण छन् कि उनले कामको प्रतिबद्धताका कारण परिवारलाई ध्यान दिन दिएनन् र त्यहीकारण शहरमा र आउटडोर सुटिङका लागि उनी हिँडिरहे’, स्रोतले भनेको छ ।
स्रोतले ऐश्वर्यासँग केही खटपट हुनासाथ धनुषले नयाँ फिल्ममा हस्ताक्षर गर्ने गरेको दाबी गरेको छ । यद्यपि अलग्गिनु अघि दुवैले निकै छलफल गरेका थिए । ऐश्वर्यासँग अलग्गिनुअघि उनले फिल्म ‘अतरंगी रे’को सबै काम पुरा गरेका थिए । फिल्म हिट भएपछि उनले अलग्गिने निर्णय लिए ।
अलग्गिए पनि उनीहरुले दुई छोराको रेखदेख सँगै गर्नेछन् । उनीहरुमध्ये कोही एकले कस्टडीको माग गरेका छैनन् ।











भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया