आय र खाद्यान्न सुरक्षाका लागि विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस

काठमाडौं । कोरोना र वर्षासँगै मुलुकभर भएको बाढी पहिरोसँगै खानपिनको खडेरी लागेको बेला आज बिहिबार विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस मनाईदैछ ।
विश्वमा प्रकृति नै सबैभन्दा ठूलो भएपनि मानिसले नियन्त्रण गर्न नसक्ने भएकाले बर्षा याममा समस्या देखिएको हो । तसर्थ प्रकृतिलाई संरक्षण गर्न र प्रकृति अनुसार हामी सूचारु हुनुपर्ने वातावरणविद् भुषण तुलाधरले जानकारी दिए ।
उनले मरुभूमिकरण र खडेरीविरुद्ध विश्व समुदायमै जनचेतना बढाउन जरुरी रहेको र गर्मीमा मात्र मरुभूमी हुन्छ भन्ने गलत सन्देशलाई परिमार्जन गरी शिक्षा प्रणालीमा लागु गर्नुपर्नेमा जोड दिए ।
वातावरणविद् तुलाधरले भूमिमा आश्रित मानव समुदाय, कृषि–कार्य, पशुपालन र मुख्य कुरा अन्न उत्पादनमा कमी हुन आई खडेरी र मरुभूमिकरणले बढाउनेमा जोड दिए ।
विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्षका लागि एक हुन सन् १९९५ देखि हरेक वर्ष जून १७ तारिखमा दिवस मनाउन थालिएको हो ।
आज विहिबार सन् २०२१ को विश्व खडेरीविरुद्धको दिवस जीवन–यापनका लागि खाधान्न सुरक्षा र आयलाई प्राथमिकतामा राख्दै ‘हाम्रो जमिन, हाम्रो घर र हाम्रो भविष्य ।’ भन्ने नाराका साथ विश्वभर मनाईदैछ ।
भौगोलिक परिरस्थितिनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसंँग निरन्तर भइरहने अविवेकी प्रयोगले नै मरुभूमी र खडेरी सिर्जना गर्छ ।
मानव जनसंख्याको वृद्धिसँगै पछिल्ला शताब्दीमा भूमिको वितरण, विभाजन अनि उपयोग वास्तवमै दुःखदायी तवरले भएको विश्व मानचित्रका लगभग सबै देश खडेरी र मरुभूमिकरणको ढिलो–चाँडो जोखिममा छन् ।
जसले गर्दा विश्वभरिका ८१ करोड मानिस खाद्यान्न संकटबाट समस्यामा परेका छन् ।









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रतिक्रिया