सोमबार, जेठ ५, २०८२

अफगानिस्तानबाट बाहिरिएको अमेरिका र तालिवानबीच वार्ता हुने

मेरोन्यूज २०७८ असोज २३ गते २१:१९
फाइल फोटो

काठमाडौँ । तालिवानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच अफगानिस्तानमा वार्ता हुने भएको छ । अमेरिकी सेना फिर्ता र तालिवानीले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्त्वपूर्ण मानिएको छ ।

चरमपन्थी समूहलाई समात्न र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने विषयमा अमेरिकी प्रतिनिधि र तालिवानी अधिकारीबीच शनिबार र आइतबार वार्ता हुने भएको हो ।

अगष्टको अन्त्यमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि त्यहाँ २० वर्षको सैन्य उपस्थिति समाप्त भएको र अफगानिस्तानको सत्तामा तालिवानको उदय भएपछि हुन लागेको यो बैठकलाई चासोपूर्वक हेरिएको छ । वार्ता कतारको राजधानी दोहामा हुने भएको छ ।

दोहामा रहेका तालिवान प्रवक्ता सुहेल शाहिनले शनिबार एसोसिएटेड प्रेसलाई बताएअनुसार वार्ताले तालिवानले सन् २०२० मा वाशिङ्टनटनसँग गरेको शान्ति सम्झौताको पुनरवलोकन गर्ने छ ।

प्रतिक्रिया